जेष्ठ ३१,२०८३ / ०३ : २९ पूर्वान्ह / 2026-06-14 03:29 am
      • param ad
      • furniture
      • veera Incorporation

      देश विकासको अभियानमा नेपाली कांग्रेसले अवरोध गर्यो : तामाङ

      - ७ वर्ष अगाडि
      श्रावण २२,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले नेपाली कांग्रेसले राष्ट्र बनाउने अभियानमा अवरोध गरेको आरोप लगाएका छन् । 

      प्रधानन्यायाधीश नियुक्तिबारे एउटा निर्णय भइसकेर कुरा टुङ्गिए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा विषयवस्तु बल्झाएर अनावश्यक समस्या निम्त्याएको तामाङको तर्क छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै तामाङले सरकारले गर्नुपर्ने धेरै काम भए पनि कांग्रेसले स साना कुरामा निहुँ खोजेको बताए । 

      “अनावश्यक विषय खोज्दै संसदमा बहस गरिरहने हो भने अरु काम अड्किन्छ । यसले राष्ट्र बनाउने काममा अवरोध हुन्छ ।” तामाङले भने । प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री केपी ओली आफैले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न उठाएको छ ।

       हिजोको सघीय संसद बैठकमा कांग्रेका सांसदहरुले ओलीको राजिनामा नै मागेको आशयमा धारणा राखेका थिए । तामाङले भने कांग्रेसले राजिनामा नै माग्ने तहमा जानु गलत भएको बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d