जेष्ठ ३१,२०८३ / ०३ : ३४ पूर्वान्ह / 2026-06-14 03:34 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीको राजिनामा माग्ने बेला भएको छैन : केसी

      - ७ वर्ष अगाडि
      श्रावण २२,२०७५

      काठमाण्डौ , नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले नै प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नुपर्ने अवस्था नआएको बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले संघीय संसदमा कांग्रेसले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाए पनि राजिनामा भने नमागिएको स्पष्ट पारे ।

      प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री केपी ओली आफैले सिफारिस गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि कांग्रेसले प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न उठाएको छ । हिजोको सघीय संसद बैठकमा कांग्रेका सांसदहरुले ओलीको राजिनामा नै मागेको आशयमा धारणा राखेका थिए । 

      केसीले भने, “प्रधानन्यायाधीशको केसमा दिपकराज जोशीको संवैधानिक प्रस्तावक प्रधानमन्त्री केपी ओली नै हो । उहाँले प्रस्ताव गरेको व्यक्तिलाई संसदीय सुनुवाई विशेष समितिले अध्ययन अनुसन्धान नै नगरी अस्विकृत गर्यो । यसकारण ओलीमाथि नैतिक जिम्मेवारीको प्रश्न उठाइएको हो ।”

      जोशी प्रकरणले संवैधानिक परिषद र संसदीय समितिको औचित्यमाथि प्रश्न उठेको कसीको तर्क छ । 

      संसदीय समितिलाई प्रभावकारी बनाउनुपर्छ भन्ने आफ्नो मान्यता भए पनि अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा निर्णय गर्न नहुने केसीले बताए । 

      “दम्भको आधारमा दुई तिहाईलाई देखाएर राजनीतिक आग्रहले जुन निर्णय गरियो, यसले संसदीय समितिको मान्यता तोडिएको छ । दिपकराज जोशीबारे संसदीय समितिले २०७१ सालमा पनि सुनुवाई गरेर योग्य ठहर गरेको थियो ।” केसीले भने ।

      समितिमा रहेका कांग्रेसका सांसदहरु दिपकराज जोशीको पक्षमा लागेको नभै उनका बारेमा उठेका प्रश्नमाथि अनुसन्धान गरेर मात्रै निर्णय गरौँ भनेको तर नेकपाका सांसदले राजनीतिक आग्रहका आधारमा अनुसन्धान नै नगरी निर्णय गरेकाले कांग्रेसले विरोध गर्नुपरेको केसीले बताए । 

      “संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई संसदीय समितिले अस्विकार गर्न सक्छ । तर आरोपको अनुसन्धान गर्नुपथ्र्यो । कांग्रेसले अनुसन्धानको माग गरेको थियो ।” उनले भने ।

      न्यायालयलाई स्वतन्त्र राख्नुपर्छ भन्ने मान्यता कांग्रेसको रहेको भन्दै केसीले यस विषयमा सरकार सचेत हुनुपर्ने बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d