जेष्ठ ३१,२०८३ / ०३ : २८ पूर्वान्ह / 2026-06-14 03:28 am
      • param ad
      • furniture
      • veera Incorporation

      नयाँ शक्तिका नेता बुढ्थापा मृत फेला

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमाण्डौ,नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । 

      आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले मोटरसाइकलको मधुरो प्रकाश जुगाडखोलाको किनारामा भेटेपछि खोजतलास क्रममा उक्त खोलामा बुढ्थापा मृत अवस्थामा फेलापारिएको जुम्ला जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिए । 

      “आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटेलमा बुढ्थापा खाजा खान गएका बखतमा एङ्गल लामासँग खाजा खाएको, तस्वीर खिचेको र गीत गाएको भेटियो,” उनले भने । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै उनले खाजा खानेक्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुटाएर एङ्गल लामालाई उनको घरमा पु¥याएर फर्कंदा बुढ्थापा त्यहाँ नरहेको बताए । 

      सो घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुढ्थापाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाइएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d