जेष्ठ ३१,२०८३ / ०३ : ०१ पूर्वान्ह / 2026-06-14 03:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारको काम ठीक नभएपछि प्रतिपक्षले विरोध नगरेर के गर्ने त ? कोईराला

      - ७ वर्ष अगाडि
      श्रावण २१,२०७५

      काठमाण्डौ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ठीक काम गर्न नसकेकाले आलोचना गर्न बाध्य भएको बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले केपी ओली नेतृत्वको सरकारले गर्नुपर्ने काम नगरेकाले कांग्रेसले असन्तुष्टी व्यक्त गर्न बाध्य भएको बताएका हुन् । सरकारले जेजे गर्दै जान्छ त्यो सबै मान्दै जानुपर्छ भन्ने नभएको भन्दै उनले गलत कामको विरोध गर्नु जायज भएको कोइरालाको तर्क छ । 

      प्रतिपक्षले विरोध नै नगर्ने हो भने संसद नै नचाहिने उनले बताए । “सरकारले जेजे गर्दै जान्छ त्यो सबै मान्दै जानुपर्छ भन्ने हो भने त त्यस्तो संसद नै चाहिँदैन । सरकारले, मिडियाले त्यस्तै संसद खोजेको हो भने मलाई केही भन्नु छैन ।” कोइरालाले भने । डा. गोविन्द केसी अनशन बस्दा कांग्रेसले उनको माग पूरा गराउनका लागि सडक र संसदबाट दबाब दिएकाले नै सरकार र केसीबीच सम्झौता हुन सफल भएको उनको दाबी छ । 

      “गोविन्द केसीको मागको विषयलाई लिएर हामीले संसद अवरोध गरेको त ठिकै भयो त । हामीले जे भन्यौँ त्यही भयो । अनि यसलाई गलत भन्ने ?” उनले प्रश्न गरे ।

      प्रधानमन्त्री केपी ओलीले सरकारलाई काम गर्न कांग्रेसले दिएन भन्ने खालको अभिव्यक्ति दिँदा आफूलाई हासो उठ्ने कोइरालाले बताए । दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले काम गर्न दिएन भन्नु लज्जास्पद भएको उनको तर्क थियो । 

      “गोविन्द केसीको मागका बारेमा आफ्नो दलका सासंदहरुलाई बोलाएर कांग्रेसको आरोपको प्रतिरक्षा गरे भन्नुभयो । यस्तो किन भन्नुपर्यो ? के प्रतिरक्षा गर्नुपर्यो । केसीको मागका विषयमा त कांग्रेसले ठिकै गरेको त रैछ नि ।” कोइरालाले भने ।

      सरकारले राम्रा काम र निर्णय गर्ने हो भने कांग्रेसले विरोध नगर्ने उनले स्पष्ट पारे ।  संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशलाई अस्विकृत गर्न सक्ने संवैधानिक व्यवस्था भए पनि दिपकराज जोशीलाई तथ्यप्रमाण बिना नै झुटो आरोप लगाएर अस्विकृत गरिएको कोइरालाको आरोप छ ।

      शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने कुराको अनुसन्धान गरेर मात्रै पुष्टी गर्नुपर्नेमा आरोपका लागि आरोप मात्रै लगाइएको कोइरालाले बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d