बारा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले मधेसका केहि मागहरु सम्बोधन गर्नको लागि संविधान संशोधन गर्ने कुरामा राजनीतिक सहमति भएको बताएका छन् ।
मधेसका केहि मागहरु सम्बोधन गर्नको लागि संविधान संशोधन गर्ने कुरामा राजनीतिक सहमति भएको र राष्ट्रिय जनता पार्टीसँग पनि सरकारमा आउने वार्ता भइरहेको नेकपाका अध्यक्ष दाहालले जानकारी दिए । उनले संविधानको संशोधनको प्रक्रिया मार्फत मधेसका जायज र औचित्य पुनः उचित मागहरुलाई सम्बोधन गर्ने बताए ।
बाराको बिश्रामपुर गाउँसभाद्वारा पारित ऐन कानुनहरुको संगालो सार्वजनिकीकरण गर्दै उनले सिंहदरबारको अधिकार गाउँघर र टोल–टोलमा ल्याई पु¥याउने संकल्पको साथ संविधानसभाको निर्वाचन सम्पन्न गरेको बताए ।
धेरै जटिलताहरुसँग जुधेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिकतासहितको संविधान बनाउन सफल भएको उनको तर्क थियो ।








