काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका छन् ।
बारास्थित विश्रामपुर गाउँपालीकाको गाउँसभाबाट पारित ऐन नियम सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान परिमार्जनको आवश्यकता रहेको बताएका हुन् । दाहालले संविधान एक परिवर्तनशिल दस्तावेज भएको बताउदै समयानुकुल नागरिकको मागअनुसार परिवर्तन गर्न सकिने स्पष्ट पारे । मधेशको माग पूरा गर्न उपेन्द्र यादव, प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच सहमति भएको भन्दै अध्यक्ष प्रचण्डले चाँडै संविधान संसोधन गर्ने जानकारी दिए ।
राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिएर संविधान संसोधनाको प्रक्रिया अघि बढाईने प्रचण्डको भनाई रहेको छ । संविधान संसोधनको विषयमा राजपालाई विश्वासमा लिने प्रयास जारी रहेको अध्यक्ष प्रचण्डले बताए ।








