जेष्ठ ३१,२०८३ / ०२ : ५० पूर्वान्ह / 2026-06-14 02:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजपा पनि प्रतिपक्ष हो, तर कांग्रेस जस्तै होइन : यादव

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमाण्डौ, राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले न्यायालयमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता यादवले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच विवाद ल्याउन नहुने बताए । अहिलेको सरकारप्रति कांग्रेसको धारणासँग भने आफूहरुको धारणा नमिल्ने उनले स्पष्ट पारे । 

      “काग्रेसले भनेजस्तै हाम्रो पार्टीको दृष्टीकोण त छैन । हामीले  राजनीतिक फड्को मार्यौँ । न्यायालयलाई पनि नयाँ संरचनामा लैजाउँ भन्ने हाम्रो दृष्टीकोण हो । ” यादवले भने । 

      पछिल्लो घटना क्रम र व्यवस्थापिका–न्यायपालिकाबीचको सम्बन्धका बारेमा आज धारणा सार्वजनिक गरिने यादवले जानकारी दिए । तर कांग्रेसले भनेजसरी आफूहरुले कुरा अगाडि नबढाउने उनले बताए । अहिलेको सरकारलाई राजपाले समर्थन र विरोध दुवै नगर्ने बताए । 

      “विशेष उद्देश्यका लागि सरकारलाई समर्थन गरेका हौँ । संविधान संशोधन हुने अपेक्षासहित सरकारलाई समर्थन गरेका हौँ । तर विपक्षीको बेन्चमा बसेका छौँ । 

      स्वतन्त्र र तटस्थ विचार राख्दै आएका छौँ ।” यादवले भने ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d