जेष्ठ ३१,२०८३ / ०२ : ५४ पूर्वान्ह / 2026-06-14 02:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      स्याङ्जाका सभापति कमल पंगेनीको निधन

      - ७ वर्ष अगाडि
      श्रावण २०,२०७५

      काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका सभापति एवम् पूर्व सभासद कमल पंगेनीको निधन भएको छ ।

      स्याङ्जाको बयरघारीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । हृदयाघातका कारण पंगेनीको निधन भएको पारिवारिक स्रोतले बतायो ।

      गएराति खाना खाएर सुतेका उनी आइतबार बिहान गम्भीर अवस्थामा फेला परेका थिए । अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

      उनी २०७० सालको संविधानसभामा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d