काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारका पछिल्ला क्रियाकलाप सहि ढंगले अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
महिला उत्थान केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको राजनीतिक दलभित्र महिला नेतृत्वको अबस्था र भावी रणनीति बिषयक अन्तक्र्रिया कार्यक्रममा नेता सिटौलले संबिधानिक दायरा नाघेर सरकारले काम गरिरहेको आरोप लगाए । संबैधानिक व्यवस्था अनुसार निर्माण भएको सरकार सामाजिक मुल्य मान्यता अनुसार अघि बढ्न नसकेको उनको भनाई छ ।
उनले संबिधानले परिकल्पना गरेको राज्यको अंगहरुमा पनि हस्तक्षेप बढ्न थालेको उल्लेख गरे । उनले अहिलेको अबस्थामा लोकतन्त्रबादीहरु सतर्क रहनुपर्ने अबस्था आएको जिकिर गरेका छन् ।
नेता सिटौलाले मुलुकमा आउने चूनौतिलाई समाधान गर्नका लागी काग्रेस एकढिक्का भएर अघि बढ्ने दाबी समेत गरे ।








