जेष्ठ ३१,२०८३ / ०२ : ४९ पूर्वान्ह / 2026-06-14 02:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      काग्रेसको महासमिति बैठक अन्योलमा, अझै मिति तय हुन सकेन

      - ७ वर्ष अगाडि
      श्रावण १९,२०७५

      काठमाण्डौ । नेपाली काग्रेसले भदौमा गर्ने भनेको महासमिति बैठकको मिति र स्थान मध्य साउन वितिसक्दा पनि तय हुन सकेको छैन । 

      विधान मस्यौदा समिति गठन गर्ने सहमति भए पनि बरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समितिका लागि सदस्यको नाम नदिँदा घोषणा हुन सकेको छैन । जस कारण महासमिति बैठक अन्यौलमा परेको छ ।

      शीर्ष नेताहरूबीच महासमिति भेलाका लागि विधान मस्यौदा समिति बनाउन सहमति भए पनि सभापति शेरबहादुर देउवाले समितिको घोषणा गर्न सकेको छैनन । संघ र प्रदेश निर्वाचनमा पराजित भएपछि महासमिति भेलाको माग कांग्रेस भित्र निरन्तर उठ्दै आएको थियो । गत वैशाखमा भएको कांग्रेस केन्द्रीय समितिको बैठकले जेठमा जिल्ला सभापति भेला र भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । 

      सहमहामन्त्री डा. प्रकाशशरण महतले महासमिति भेलामा पेश गर्नुपर्ने विधान मस्यौदाका लागि समिति गठन नहुँदा नेतृत्वलाई अप्ठयारो परेको बताए । शीर्ष बैठकमा विधान मस्यौदा समिति गठन गर्ने सहमति भए पनि बरिष्ट नेता रामचन्द्र पौडेलले विधान मस्यौदा समितिका लागि सदस्यको नाम नदिँदा घोषणा हुन सकेको छैन । 

      सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा डाकेको अनौपचारिक बैठकमा पौडेलसहितका नेताले महामन्त्री पूर्णबहादुर खडका नेतृत्वमा ९ सदस्यीय विधान मस्यौदा समिति बनाउने सहमति जुटेको थियो । बैठकमा चारजना सभापति देउवा र चारजना पौडेल समूहले सिफारिस गर्ने निष्कर्ष निकालिएको थियो । सोही बैठकमा दुवै नेताले नाम समेत सिफारिस गरेका थिए । तरपछि पौडेलले आफूले दिएको नाममा काटछाट गर्ने भनेपछि समिति गठन हुन सकेको थिएन । 

      कांग्रेस नेता अर्जुननरसिंह केसीले यो वा त्यो वाहानामा महासमिति बैठकलाई पर धकेल्नु राम्रो नहुने टिप्पणी गरेका छन् । साउन मध्यवितिसक्दा पनि विधान मस्यौदा समिति गठन हुन नसक्दा भदौमा महासमिति बैठक डाक्न अप्ठ्यारो हुने तर्क कतिपय नेताको तर्क छ । विधान मस्यौदा समितिले बनाउने पार्टीको नयाँ विधानलाई देशै भर छलफल गराउने कांग्रेस नेतृत्वको योजना छ । 

      सबै तहबाट सुझाव संकलन गरेपछि पार्टी केन्द्रीय कार्यसमितिले विधान पारित गरी महासमिति बैठकमा विधान लैजानु पर्ने प्रावधान छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पार्टी सरकारविरुद्धको आन्दोलनमा रहेका कारण पनि विधान मस्यौदा समिति घोषणा प्रभावित भएको तर्क गरेका छन् ।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d