जेष्ठ ३१,२०८३ / ०३ : ०३ पूर्वान्ह / 2026-06-14 03:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीले गरे मन्त्रीपरिषद विस्तार, यि हुन् नयाँ मन्त्री

      - ७ वर्ष अगाडि
      श्रावण १८,२०७५

      काठमाण्डौ , प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । 

      उनले शुक्रबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पध्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डाक्टर सुरेन्द्र यादवलाई नियुक्त गरेका हुन् । नवनियुक्त तीनैजना मन्त्रीले शुक्रबार नै सपथ लिएका छन् । शुक्रबार नै नवनियुक्त मन्त्रीद्धय ढकाल र अर्यालले सिंहदरबारमा पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दे भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्यालले भूमिसंग जोडिएका समस्या समाधान गर्न ऐन निर्माण गर्ने बताए । 

      मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री र उपप्रधानमन्त्रीसहित र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d