जेष्ठ ३१,२०८३ / ०२ : १० पूर्वान्ह / 2026-06-14 02:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      आफ्नो हत्या गर्ने प्रयास भएको प्रचण्डको खुलासा, मोहन वैद्यमाथि यस्तो आरोप

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् । 

      नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल बिषयक कार्यक्रममा मोहन बैद्य किरणको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गरेका हुन् । 

      पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको उनले बताए । पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण अझै बुझ्न नसकेको उनको भनाइ थियो । 

      दाहालले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको दाबी गरे । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै उनले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताए । 

      कार्यक्रममा नेकपा (क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताए । उनले राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको टिप्पणी गरे । 

      कार्यक्रममा जनजाती नेताहरुले पहिचानको मुद्धाका लागी निरन्तरको दवाव आवश्यक रहेको बताएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d