जेष्ठ ३१,२०८३ / ०२ : ०३ पूर्वान्ह / 2026-06-14 02:03 am
      • param ad
      • furniture
      • veera Incorporation

      कञ्चटमा पेस्तोल ताकेपछि संसदमा यसरी गर्जिइन निरु पाल, डिला संग्रौलाको पनि साथ

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की सांसद निरु पालले महिला सांसद नै सुरक्षित नभएको अवस्थामा आम महिलाहरु कसरी सुरक्षित हुन सक्छन् भन्दै संसद्मा प्रश्न गरेकी छिन् ।

      प्रतिनिधीसभाको बिहीबारको बैठकमा आफुलाई बन्दुक तेर्याएर धम्काउन खोजिएको विषयमा जानकारी गराउदै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले आम नेपालीमा सुरक्षाको प्रत्याभुति गराउँन सरकारसँग माग समेत गरिन् । बैठकको विशेष समयमा बोल्दै पालले घाँटीमा पेस्तोल राखेर थर्काउँदैमा यो सरकार नडगमगाउँने समेत बताइन् । उनले आफूमाथि १५ गते आठ बजेर १५ मिनेटमा आफूमाथि पेस्तोल तेसाईएको जिकीर गरिन् । 

      बैठकमा कांग्रेसकी सांसद डिला संग्रौलाले पालमाथिको घटनाको भत्र्सना गर्दै सरकारको आलोचना गरिन् । सांसदमाथि पेस्तोल तेर्साएको यतिदिन हुँदासमेत पक्राउ गर्न नसकेको भन्दै संगौलाले सरकार निकम्मा भएको आरोप लगाइन् । 

      यसैगरी बैठकको शून्य समयमा नेकपाका सांसद महेश बस्नेतले सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश जोशीको भ्रष्टाचार, एनसेलको भ्रष्टाचार, बलात्कार, जस्ता विषयमा छलफल भइरहँदा यस्तो घटना हुनु दुःखद भएको टिप्पणी गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d