जेष्ठ ३१,२०८३ / ०२ : ०२ पूर्वान्ह / 2026-06-14 02:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाए : अध्यक्ष अधिकारी

      - ७ वर्ष अगाडि
      श्रावण १७,२०७५

      काठमाण्डौं, नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्याटिक्स लयर्स एशोसियसन (डीएलए) को नवनिर्वाचित अध्यक्ष योगेन्द्र अधिकारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई संसदीय समितिले अस्विकृत गर्न नमिल्ने बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै  अधिकारीले संसदीय सुनुवाई विशेष समितिले जोशीविरुद्ध परेका उजुरीबारे सुनुवाई र जोशीसँग जवाफ लिने कामसमेत सकिए पनि अनावश्यक बखेडा झिकिएको आरोप लगाए । जोशीको शैक्षिक प्रमाणपत्रबारे अहिले विवाद झिक्नुको औचित्य नरहेको भन्दै उनले ७१ सालमा नै सवोच्चको न्यायाधीश हुँदा संसदीय समितिले नै सुनुवाई गरेर जोशीलाइ स्विकृत गरिसकेको स्मरण गराए । 

      “यतिका वर्षसम्म उहाँले काम गरेर आउनुभयो । अब त उहाँले गरेका काम कारबाही हेर्ने हो, शैक्षिक प्रमाणपत्र हेर्नुको अर्थ छैन ।” अधिकारीले भने । संसदीय सुनुवाई विशेष समितिले लामो समयसम्म पनि जोशीको बारेमा निर्णय गर्न नसक्नुले राम्रो सन्देश नजाने उनको तर्क छ । “१० गते नै सुनुवाई भइसकेको छ । तर निर्णय गरिएको छैन । सुनुवाई समितिले अमुक राजनीतिक दल र सरकारमा गएर छलफल गर्नु हुँदैन ।” अधिकारीले भने ।

      राजनीतिक पार्टी र सरकारले अदालतमाथि गिद्धे दृष्टी लगाएको उनको आरोप छ । “न्यायपालिका भनेको अत्यन्तै संवेदशनशील विषय हो । अहिले जुन तरिकाले काम भइरहेको छ, यसले अदालत र न्यायमूर्तिहरुलाई हतोत्साहित गरेको छ ।” अधिकारीले भने । नवनिर्वाचित अध्यक्ष अधिकारीले संस्थाको उद्देश्य पूरा गर्नका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । 

      १० औँ राष्ट्रिय अधिवेशनमा भएको चुनावबाट विजयी भएका अधिकारीले संस्थालाई प्रभावकारी बनाउनका लागि मानवअधिकारको रक्षा, लोकतान्त्रिक अधिकारको रक्षा र प्रेस स्वतन्त्रताका लागि संस्थाको भूमिका रहने बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d