जेष्ठ ३१,२०८३ / ०२ : ०१ पूर्वान्ह / 2026-06-14 02:01 am
      • param ad
      • furniture
      • veera Incorporation

      केपी ओली नेतृत्वको सरकार प्रतिगमनकारी : नयाँ शक्ति

      - ७ वर्ष अगाडि
      Naya Sakti Party Nepal
      श्रावण १६,२०७५

      काठमाण्डौ, नयाँ शक्ति पार्टी, नेपालले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएको छ । 

      नयाँ शक्तिको राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सरकारको काम र कदम प्रतिगमनकारी भएको दाबी गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा भैरहेको व्यापारीकरणको अन्त्य, बलात्कारीलाई कडा सजाय, भ्रष्टाचारको अन्त्य, असारे विकासमा भएको खर्चको छानविन गर्नुपर्ने, ठेकेदारमाथि कारबाही गर्नुपर्ने माग परिषद्को छ । 

      त्यस्तै उनीहरुले सुनकाण्डको छानबिनलाई तत्काल निश्कर्षमा पुर्याउनुपर्र्ने, रोजगारी सिर्जना गर्नुपर्ने, अनियन्त्रित मुल्यबृद्धि घटाउनुपर्ने, सरकारी फजुल खर्चको छानविन हुनुपर्ने, बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने, शान्ति सुरक्षामा संवेदनशील बन्नुपर्ने लगायतका मागहरु अघि सारेका छन् । पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकार विचौलियाहरुको कब्जामा रहेको आरोप लगाइन् । वर्तमान सरकारले पछिल्लो समय मुल्यबृद्धि, करमा बृद्धि, बलात्कारका घट्नामा २२ प्रतिशतले बृद्ध्जिस्ता उपहारहरु जनतालाई थमाउने काम गरेको आरोप समेत उनले लगाइन् । 

      नयाँ शक्ति पार्टी नेपालले उठाएका मागहरुमा एक्येवद्धता जनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक जेबी शाहले सरकार सञ्चालन गरिरहेको नेकपा पार्टीलाई सर्वहाराको पार्टी भन्न नमिल्ने टिप्पणी गरे । 

      कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका विज्ञ परिषदका संयोजक डा. केशवमान शाक्य, गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य लगाएतले सरकारको क्रियाकलापको विरोध गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d