काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले बुधबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
सरकार सर्वसत्तावादी भएको, कर वृद्धि गरेको, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको, निरंकुशता लादेको लगायतका आरोप लगाउँदै राप्रपा प्रजातान्त्रिकले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
पार्टीको उपत्यका समन्वय समितिको आयोजनामा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले विजुलीबजारदेखि माइतीघरसम्म याली र्याली समेत निकालेको थियो ।
र्यालीमा पार्टी अध्यक्ष पशुपतिशम्शेर राणा, केशरबहादुर विष्ट, दीपक बोहरा, सुनील थापालगायत नेताहरु सहभागी भएका थिए ।








