जेष्ठ ३१,२०८३ / ०२ : ११ पूर्वान्ह / 2026-06-14 02:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      दिपकराज जोशीबारे आज बहुमतका आधारमा निर्णय हुन्छ : लक्ष्मणलाल कर्ण

      - ७ वर्ष अगाडि
      श्रावण १६,२०७५

      काठमाण्डौ, संसदीय सुनुवाई समितिका संयोजक लक्ष्मणलाल कर्णले बुधबार साँढे तिन बजे बस्ने समितिको बैठकले प्रधानन्यायाधीशबारे निर्णय गरिने बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषिधमलासँग कुरा गर्दै कर्णले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई स्विकृत वा अस्विकृत गर्ने निर्णय आजै हुने दाबी गरेका हुन् ।

      समितिमा एक मत हुन नसके दुई तिहाई बहुमतका आधारमा जोशीबारे निर्णय गरिने कर्णले बताए । 

      दिपकराज जोशीलाई संवैधानिक परिषदले सिफारिस गरे पनि संसदीय समितिले अयोग्य ठहर गर्न सक्ने कर्णको भनाई छ । 

      “न्याय परिषदले संवैधानिक परिषदमा नामावाली पठाउँछ । संवैधानिक परिषदले एउटा नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्छ । त्यसपछि संसदीय सुनुवाई समितिले अन्तिम निर्णय गर्छ ।” कर्णले भने । “संवैधानिक परिषदले सिफारिस गरेको व्यक्तिलाई समितिले अनुमोदन गर्न पनि सक्छ, नगर्न पनि सक्छ ।” 

      कर्णले नेपालको संविधान नै त्रुटिपूर्ण भएकाले बेला बेलामा यस्ता विवाद आउने गरेको बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d