जेष्ठ ३१,२०८३ / ०१ : ४७ पूर्वान्ह / 2026-06-14 01:47 am
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसको विरोध ७७ वटै जिल्लामा, सरकारको घुँडा टेकाउने चेतावनी

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाण्डौ, डा गोविन्द केसीको अनशनसंगै आन्दोलित बनेको प्रमुख प्रतिपपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्यो । केही दिनअघिसम्म कांग्रेसलाई डाक्टर गोविन्द केसीको मागको विषयमा आन्दोलन गर्ने बहाना मिलेको थियो । डा. केसीको माग पूरा भएपछि कांग्रेसले अरु विभिन्न एजेण्डा उठान गरेको छ ।

      नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्यो । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ताहरुले पुर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्नेलगायतको  माग पनि गरे । 

      उनीहरुले कर वृद्धि गरेको विषय र सरकारको कार्यशैलीका विषयमा चर्को नारा लगाएका थिए । विरोध ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दे काग्रेस नेताहरुले सरकार स्वच्छाचारी भइरहेको भन्दै कांग्रेसले सदैव खवरदारी गर्नुपर्ने बताएमा थिए । सभालाई सम्बोधन गर्दे काग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर नभएको दाबी गरे । सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन समेत आग्रह गर्दे उनले सरकारले अधिनायकबादी चरित्र देखाएकोले आन्दोलनका लागि बाध्य भएको जिकिर गरे । 

      आन्दोलनमा होमिएको कांग्रेसले अहिले सरकारले बढाएको करदेखि न्याय क्षेत्रमा प्रभाव पार्न खोजेको विषयसम्मलाई उठान गरेको छ । काग्रेसका अर्का नेता डाक्टर प्रकाश शरण महतले कम्युनिस्ट सरकारले स्वतन्त्र न्यायापालीकामाथि हस्तक्षेप गर्न खाजेको समेत आरोप लगाए । 

      सरकारले संघीय संसद र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको आरोप कांग्रेसले लगाएको छ । यो प्रदर्शनले संसद्मा कमजोर देखिएको कांग्रेसले आफ्नो प्रभाव सडकमार्फत देखाउन खोजेको प्रस्ट हुन्छ । तर, बलियो एजेन्डा नबोकी सडकमा उत्रिदा कांग्रेसलाई आफ्नै कार्यकर्ताले समेत पत्याउन गारो मानेका छन् । त्यसैले आन्दोलनको औचित्य पुष्टी गर्न कांग्रेसलाई सहज भने छैन ।

      नेपाली काँग्रेसले कास्कीेको पोखरामा सरकार बिरुद्ध विरुद्ध प्रदर्शन गरेको छ । सरकारले जथाभावी कर बढाएको, अधिनायकवादी बाटोमा हिँडेको आरोप लगाउदै काँग्रेसले घोषणा गरेको राष्ट्रव्यापी आन्दोलनको  घोषणा गरे अनुरुप पोखरामा पनि प्रदर्शन गरेको हो । 

      काँग्रेस कास्कीको आयोजनामा भएको विरोध ¥याली पोखराको पृथ्वीचोकदेखि चिप्लेढुङ्गा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई केन्द्रीय सदस्य जीवन परियार, पुर्वमन्त्री यज्ञबहादुर थापा, सांसद सुर्यबहादुर केसी, गण्डकी प्रदेशका सांसद विन्दु थापा, काँग्रेस नेतृ कोपिला रानाभाट, लगायतले सम्बोधन गरेका थिए ।

      नेपाली काँग्रेस कञ्चनपुरले पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

      सरकार बिरुद्ध देशैभरी प्रर्दशन गर्ने पुर्व घोषित कार्यक्रम अनसार सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो । विहानैदेखि पानी परिरहे पनि नेता कार्यकर्ताहरुले रेनकोट, छाता ओढेरै प्रर्दशन गरेका थिए । 

      ओली सरकार बिरुद्ध नाराबाजी गरिरहेका काँग्रेसका नेता कार्यकर्ताले करबृद्धि रोक्नुपर्ने, महङगी नियन्त्रणमा जोड दिएका छन् । प्रर्दशनमा केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक, नेताहरु दिवानसिंह विष्ट, बहादुरसिंह थापा लगायत भातृ संघसंस्थाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रर्दशनपछि मदन चोकमा कोण सभामा परिणत भएको थियो । सभालाई केन्द्रीय नेताले सम्बोधन गरेका थिए ।

      यता  कपिलबस्तुमा पनि सरकारविरुद्ध प्रदर्शन गरिएको छ ।

      सदरमुकाम तौलिहवामा आयोजित कार्यक्रममा सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत अधिनायकवादको बाटोमा हिँडेकाले खबरदारी गर्नु परेको नेताहरुले बताएका छन् ।

      नेताहरुले सरकारले निषेधित क्षेत्र तोकेर नागरिक अधिकारको हनन गरेको बताए । संसदमा सभामुख र उपसभामुख फरक दलका हुनुपर्नेमा एकै दलका रहेका, महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका आरोप कांग्रेसको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d