जेष्ठ ३१,२०८३ / ०१ : ५४ पूर्वान्ह / 2026-06-14 01:54 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रमुख प्रतिपक्षी दलद्धारा देशभर सरकारविरुद्ध प्रदर्शन

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाण्डौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । 

      सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ । 

      ३० भन्दा बढी देशहरुमा समेत सरकारका गलत कामका विरुद्धमा खवरदारी गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी शैलीका विरुद्ध मंगलबार एक दिन विरोध गरेका हुन्  ।

      “संबैधानिक व्यबस्था अनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने, अधिकार केन्द्रीकरण गर्नु नहुने, शक्ति पृथकिकरणको सम्मान गरिनु पर्ने, संबैधानिक निकायलाई कार्यकारीको छाँयामा पार्नु नहुने, बिधिसम्मत तरिकाले अगाडी बढ्नु पर्ने हुन्छ । 

      त्यसैगरी पुर्ववर्ती देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने,  देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय उल्ट्याउन नपाईने, मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले अघि सारेको उल्लेख छ ।

      संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा तत्कालीन सरकारले जारी गरेको अध्यादेशमा भएको व्यवस्थालाई समावेश गर्न दवाव दिन पनि काँग्रेसले खवरदारी गर्नेछ । त्यसैगरी प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बारेमा तत्काल निर्णय गर्न पनि काँग्रेसले सडक र सवै प्रदेश सभाबाट दवाव दिने तयारी गरेको छ  । काँग्रेसले सरकारलाई मुख्य तीन आरोप लगाएको छ ।

      हरेक क्षेत्रमा करको आतंक मच्चाएको तर मूल्यवृद्धिप्रति गम्भीर नभएको, नागरिक अधिकार तथा स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गर्न थालेको, बाढीपहिरो पीडितका आवश्यकता र समस्याप्रति सरकार उदासीन रहेको काँग्रेसको आरोप छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d