जेष्ठ ३१,२०८३ / ०१ : ४४ पूर्वान्ह / 2026-06-14 01:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      जोशीका बारेमा सुनुवाई समितिले तत्काल निर्णय गर्नुपर्छ : रामनारायण विडारी

      - ७ वर्ष अगाडि
      श्रावण १५,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीशका बारेमा जति सक्दो चाँडो निर्णय हुनुपर्ने बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै विडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीमाथि लागेका आरोप पुष्टी हुने गरी संसदीय सुनुवाई समितिले निर्णय गर्नुपर्ने बताएका हुन् । प्रधानन्यायाधीश नियुक्तिबारे अन्तिम निर्णय दिने अधिकार संसदीय समितिलाई हुने भएकाले तत्काल निर्णय गरिनुपर्ने बिडारीको तर्क छ । 

      सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अयोग्य ठहर गर्ने अधिकारसमेत रहेको उनको दाबी छ । “संसदीय सुनुवाई समितिको दुई तिहाई बहुमतले अस्विकार गर्न सक्छ । यो संवैधानिक व्यवस्था हो ।” विडारीले भने ।

      जोशीको शैक्षिक प्रमाणपत्र नक्कली हो वा होइन भन्ने कुरा अनुसन्धान गरेर पत्ता लगाउनुपर्ने उनको तर्क छ । “समितिले जे जे काम गर्नुपर्ने हो त्यो सबै छिटोगर्नुपर्छ । प्रधानन्यायाधीशको बारेमा यति धेरै दिनसम्म अलमल गर्नुहुँदैन । किनकी प्रधानन्यायाधीश भनेको अत्यन्तै संवेदनशील पद हो ।” विडारीले भने ।

      अहिले जोशीको शैक्षिक प्रमाणपत्रबारे विवाद आउनु दुखद भएको भन्दै विडारीले यस्ता कुरामा न्याय परिषदले बेलैमाध्यान दिनुपर्ने बताए । 

      “न्याय परिषद नालायक भयो । गोपाल पराजुलीको बेलामा पनि त्यस्तै भयो । न्याय परिषदमा जागीर खान मात्रै गएका छन् ।” उनले भने ।

      “अब सुनुवाई समितिले छिटो निर्णय गर्नुपर्यो । तथ्यपूर्ण गर्नुपर्यो । यति गर्न सकेन भने सुनुवाई समिति  पनि ठूलो बदनाम हुन जान्छ ।” विडारीले भने ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d