जेष्ठ ३१,२०८३ / ०१ : ४५ पूर्वान्ह / 2026-06-14 01:45 am
      • param ad
      • furniture
      • veera Incorporation

      बीमा विधेयक २०७५ संशोधन गर्न माग

      - ७ वर्ष अगाडि
      श्रावण १४,२०७५

      काठमान्डौ, संघीय संसदमा दर्ता गराएको बीमा विधेयक–२०७५ लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । 

      बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो । 

      संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको परिभाषाबाटै सर्भेयर शब्द हटाउनु अव्यावहारिक रहेको बताए । 

      ऐनमा सर्भेयरले गर्दै आएको कामलाई वास्ता नगरी इजाजतसम्बन्धी व्यवस्था, नवीकरण, निरन्तरता, शुल्क लगाउने, दण्ड जरिवाना सम्बन्धमा भएको व्यवस्था राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासको विपरीत रहेको उनले बताए । 

      सर्भेयरलाई पेशाबाट विस्थापित गर्ने गरी ल्याइएको विधेयकलाई सम्बन्धित विषयको विज्ञसँग छलफल गरी संशोधन गरिनुपर्ने उनको माग छ । 

      कार्यक्रममा अधिवक्ता वीरेन्द्रकुमार ठाकुरले संसदमा दर्ता भएको बीमा विधेयक पूर्वगृहकार्य नगरी ल्याइएकामा आपत्ति जनाएका छन् । 

      विधेयकको दफा ९३ को उपदफा ३, ४, दफा ९४ को १, २, दफा ९५ को १, ४, ५, दफा ९७ को ३ ‘ग’, ९९ को ५, १०० को १ र २, १०२ को २, १४० को उप दफा १ र ११, १४२ को १ ‘ङ’, १४३ को ३ तथा १४७ मा रहेको प्रावधान सरकारले छलफल नगरिकनै सर्भेयरलाई विस्थापित गर्ने उद्देश्यले ल्याएको संघले आरोप छ । 

      दोषीका सम्बन्धमा छानबिन एवं सजाय गर्न न्यायिक न्यायाधीकरणको व्यवस्था विधेयकमा उल्लेख गर्नुपर्ने, रोजगारी गरिरहेकाको सुरक्षाको पूर्ण ग्यारेण्टी हुनुपर्नेमा संघले जोड दिएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d