काठमाण्डौ, राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले आफ्नो दलले सरकारलाई समर्थन गरे पनि संविधान संशोधन, मुद्दा फिर्ता, जेलमा रहेका नेताको रिहाई लगायतको माग यथावत रहेको बताएका छन् ।
अहिलेसम्म सरकारको गतिविधी र काम नियालिरहेको दाबी गर्दै यादवले सरकारले आफ्ना माग पूरा नगर्ने भए समर्थन फिर्ता लिइने बताए । प्रधानमन्त्री केपी ओलीले राजपाका मागहरु सम्बोधन गर्ने आश्वासन दिएकाले अहिले पर्ख र हेरको रणनीतिमा रहेको यादवले बताए ।
“हाम्रो लागि सरकारमा जाने कुरा प्राथमिकतामा छैन । मुख्य प्राथमिकता हाम्रो माग र मुद्दा हो ।” यादवले भने । “अहिले राजपा सरकारमा जाने सम्भावना एक प्रतिशत पनि छैन ।
सरकारले हाम्रा माग पूरा गर्ने आश्वासन दिएको छ । अब काम कहिले गर्छ, कुरेर बसेका छौँ ।”








