जेष्ठ ३१,२०८३ / १२ : ५५ पूर्वान्ह / 2026-06-14 12:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदेश सातका मन्त्री शाहले किन भने–हाम्रो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको छ

      - ७ वर्ष अगाडि
      श्रावण १३,२०७५

      काठमाण्डौं, प्रदेश नम्बर सातका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अपराधिक गतिविधीहरु बढेको बताएका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री शाहाले हत्या, बलात्कार लगायतका जघन्य घटनाहरु बढिरहेको बताएका हुन् । घटना बढेसँगै अनुसन्धान गर्ने र कानुनी दायरामा ल्याउने कामलाई पनि प्रदेश सरकारले बढाएको उनले बताए । 

      कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो। पन्तको आफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टी गरेको हो । उक्त घटना साउन १० गतेको हो ।

      मन्त्री शाहाले खुलेआम आफ्नो प्रदेशमा हत्या र बलात्कारका घटना बढेको अभिव्यक्ति दिए पनि यस घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन भने सकेका छैनन् । पन्तको बलात्कार र हत्याको घटनामा संलग्न अपराधीलाई तिब्र रुपमा खोजी गरिएको मन्त्री शाहाले दाबी गरे । 

      प्रदेशको जिम्मेवार मन्त्रीले ऋषि धमलासँगको कुराकानीमा यतिसम्म भने कि जुन यहाँ प्रस्तुत गरिएको छ । “कैलाली कञ्चनपुरमा विगत केही महिनायता सिलसिलेवार तरिकाले हत्या र बलात्कारका घटना बढिरहेका छन् । असाढ ३२ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा १७ वर्षीय कविता विष्टको पनि हत्या भएको थियो । असाढ १२ गते केशव कार्कीले आफ्नै श्रीमती सिता कार्कीको फरुवाले हानेर हत्या गरेका थिए । 

      कैलालीको गौरीगंगा नगरपालिकामा ११ मा असार १२ गते ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको थियो । पुनरवास नगरपालिका २ बस्ने लक्ष्मी बडेलाले आफ्नै प्रेमी दिपकसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गराएकी थिइन् ।”कतिपय घटनामा प्रदेश प्रहरीले सफलतापूर्वक अनुसन्धान गरेर दोषीलाई कानुनी कठघरमा ल्याएको मन्त्री शाहाको दाबी छ । 

      हरेक अपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रदेश सरकार प्रतिवद्ध भएर लागेको उनले बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d