काठमाडौं, प्रमुख प्रतिपक्ष दलले सरकार र डा.गोन्दि केसीविच कित्सा शिक्षा विद्येयकलाई लिएर भएको सहमति जनताको जित भएको बताएका छन् ।
शुक्रबारको संसद बैठकमा समय लिएर बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले त्यस्तो बताएका हुन् । नेता रिजालले सरकार र डा.गोविन्द केसीविच भएको सहमतिबारे संसदलाई जानकारी दिन समेत माग गरे । डा.केसी र प्रतिपक्ष दलहरुले चिकित्सा शिक्षा अध्यादेश हनुसार विद्येयक ल्याउन आग्रह गर्दा सरकारले नमानेको कुरालाई स्मरण गर्दै नेता रिजालले सरकारले दम्भ देखाएपनि अन्ततः सरकारको अहंकार अन्त्य भएको बताए ।
स्वास्थ्य तथा शिक्षा जस्तो संवेदनशिल विषयमा सरकारले जनताको उत्तरदायीत्व लिनुपर्ने उनको भनाई छ । जनता सार्वभौम भएको उल्लेख गर्दै उनले संविधानको बाटो सवैले स्विकार गनुपर्ने बताए ।








