जेष्ठ ३१,२०८३ / १२ : ५५ पूर्वान्ह / 2026-06-14 12:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      (नेकपा) का नेता नेपाल कम्बोडिया प्रस्थान

      - ७ वर्ष अगाडि
      श्रावण १०,२०७५

      काडमाढौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार कम्बोडिया प्रस्थान गरेका छन् ।

      कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न नेता नेपाल त्यस तर्फ प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।  नेपालसँगै नेकपाका नेता तथा सांसद भानुभक्त ढकाल र नेपाली काँग्रेसका नेत्री तथा सांसद सुजाता कोइरालासमेत रहेकी छिन्  । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट् एसिया प्यासिफिक डेमोक्राट्स इन्टरनेशनल’को उपाध्यक्षसमेत हुन् । 

      नेता नेपाल  कम्वोडिया रहँदा विश्वबाट आएका अन्य देशका नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेकपाका नेता रिजालले जानकारी दिए । नेता नेपाल साउन १८ गते स्वदेश फर्किनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d