जेष्ठ ३१,२०८३ / १२ : ५७ पूर्वान्ह / 2026-06-14 12:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      वर्तमान समस्या समाधान गर्न तत्कालीन सरकारको नितिलाई नजर लगाउनु पर्छ : विमलेन्द्र निधि

      - ७ वर्ष अगाडि
      श्रावण ९,२०७५

      काठमाडौं, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा जारी भएको चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याए वर्तमान समस्या समाधान हुने बताए । 

      नेपाल प्रेस युनियनले ३६ औँ बिपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजना गरेको अन्तक्र्रियामा उनले प्रा.डा.केसीले  उठाएका माग पूरा गर्न काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले सरोकार भएका सबैको सहभागितामा माथेमा आयोग गठन गरेको र काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सो आयोगको मर्मअनुसार चिकित्सा शिक्षा अध्यादेश जारी भएको जानकारी दिए ।

      कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाले प्रजातन्त्र, जनअधिकार र प्रेस स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्नुपरेको स्मरण गर्दै संविधान र लोकतन्त्र विपरीतका क्रियाकलापमा प्रेसले निर्बाध रुपमा कलम चलाउनुपर्नेमा जोड दिए । 

      कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप असह्य हुने बताउँदै एकपक्षीय रुपमा निर्माण हुने सञ्चारसम्बन्धी कानून मान्य नहुने धारणा व्यक्त गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d