जेष्ठ ३१,२०८३ / १२ : ५९ पूर्वान्ह / 2026-06-14 12:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      सरकार र दलहरुको गतिशीलता देखिनु जरुरी छ : सभामुख महरा

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, सभामुख कृष्णबहादुर महराले मुलुकको राजनीतिक विवाद संविधान निर्माण भएपछि सकिएको बताएका छन् । 

      मंगलबार महेन्द्र बहुमुखी क्याम्पसको हातामा नयाँ निर्माण हुने क्याम्पस भवनको शिलान्यास गर्दै उनले अब मुलुक बनाउन सरकार र सबै राजनीतिक दलको गतिशीलता देखिनु जरुरी रहेको बताए । सभामुख महराको थप भनाइ थियो, “मुलुक बनाउन अहिले पनि थुप्रै चुनौती छन्, तर सामूहिक संकल्प गरेर अघि बढियो भने सफलता अवश्य पाइन्छ ।” उनले संघीयताको कार्यान्वयन मुख्य प्राथमिकतामा राखेर सरकार गतिवान् हुनुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने कानून निर्माण संघीय सभाबाट भइरहेका बताए ।

      सभामुख महराले नेपालगञ्ज पश्चिम नेपालको शैक्षिक हब भएकाले यहाँको शैक्षिक विकासमा आफ्नो सबैखाले सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सोही क्याम्पसमा ४० वर्षअघि आइएस्सीमा अध्ययन गर्नुभएका सभामुख महराले आफ्नो विद्यार्थी जीवनको भोगाइका स्मरणीय पलहरु पनि सुनाउनुभएको थियो । उक्त अवसरमा संघीयसभाका सांसदद्वय नन्दलाल रोकाय र महेश्वर गहतराजले क्याम्पसको पूर्वाधार र शैक्षिक विकासमा विद्यार्थीको अहम् भूमिका हुने बताए । 

      कार्यक्रममा शिक्षाका विकासमा महत्वपूर्ण योगदान  दिएका प्राध्यापक गोपालप्रसाद अधिकारी र मोहनजङ्ग शाहलाई महराले कदरपत्र प्रदान गरेका थिए । एक वर्ष्भित्र निर्माण सक्ने गरी ३० कोठे नयाँ क्याम्पस भवनका लागि सरकारले रु छ करोड ८९ लाख लागत खर्च अनुमान गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d