काठमाडौं, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेका छन् ।
युरोप भ्रमणपछि मंगलबार स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विगतको सरकारका पालामा प्रस्तुत अध्यादेशका आधारमा नयाँ विधेयक संसद्मा ल्याउनसमेत सुझाव दिए ।
उपसभापति निधि जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।








