जेष्ठ ३१,२०८३ / ०१ : ०२ पूर्वान्ह / 2026-06-14 01:02 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजपाले छान्यो तीन राज्यमन्त्री

      - ७ वर्ष अगाडि
      श्रावण ८,२०७५

      काठमाडौं, राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । 

      अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा हुनुहुन्छ । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । 

      बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ । राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो । 

      राजपाको बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d