जेष्ठ ३१,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-06-14 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेता पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस देशभर विभित कार्यक्रम गरी मनाईदै

      - ७ वर्ष अगाडि
      श्रावण ७,२०७५

      काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस सोमबार देशभर विभित कार्यक्रम गरी मनाईदै छ । 

      उनले २००६ साल बैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा चिरपरिचित पुष्पलालले  आफ्नो जीनवभर जनताको स्वतन्त्रताका लागि लडेका थिए । 

      सन् १९८१ साल असार १५ गते रामेछापमा जन्मिएका उनी सधैं संगठन विस्तारमा अघि बढे । राणा विरोधी अगुवाका रुपमा  रहेका सहिद गंगालालका माईला भाई पुष्पलालले पछिल्लो पुस्तालाई परिवर्तनमुलक ठूलो राजनितिक सन्देश प्रदान गरे । उनले विश्व कम्युनिष्ट घोषणा पत्रलाई  २००५ मा नेपालीमा अनुबाद गरी कम्युनिष्ट सिद्धान्तलाई नेपालीको मुल सिद्धान्तका रुपमा पहिचान दिएका थिए । 

      स्वर्गीय पुष्पलाल देशमा निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि बढाउने पहिलो नेता बने । उनको निधन २०३५ साल साउन सात गते सोमबार कै दिन भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d