काठमाडौं, नेपाली कांग्रेसका शिर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पुन : एक पटक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै सवैलाई चनाखो बन्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका संसथापक एवम् पहिलो जननिर्वाचित प्रधानमन्त्रि विपि कोईरालाको ३६ औ स्मृति दिवसको अवसरमा केन्द्रिय कार्यालय काँग्रेसद्धारा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोलदै शिर्ष नेताहरुले बर्तमान सरकार एकदलिय सासन लाद्न खोजेको र नागरिक अधिकार तथा स्वतन्त्रता कुण्ठित गर्दै लगेकाले आन्दोलनको आवश्यक रहेको बताएका हुन् । शिषृ नेताहरले नागरिकले सत्याग्रह मार्फत उठाउका मागको सम्वोधन नहुनु दुर्भाग्य भएको टिप्पणी गरे ।
सभापति शेरबहादुर देउवाले समानजवादको वकालत गर्ने कम्युनिष्ट सरकार सबैभन्दा भ्रष्ट भएको आरोप लगाए । मेडिकल माफियाहरुसंग जथाभावी ढङ्गबाट प्रसा उठाउदै सम्बन्धन दिन लागेको भन्दै सभापति देउवाले डा.केसीले उठाएको माग कांग्रेसले देशभर आन्दोलन गर्ने चेतावनी दिए ।
बरिष्ट नेता रामचन्द्र पौडेलले सरकार सामाजीक फाँसीवादतर्फ अगाडी बढेको भन्दै माफियालाई खुशी बनाएर पार्टी नितिमा राज्य चलाउने र कब्जानितिमा सरकार रहेको आरोप लगाए ।








