जेष्ठ ३१,२०८३ / १२ : २३ पूर्वान्ह / 2026-06-14 12:23 am
      • param ad
      • furniture
      • veera Incorporation

      संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक छ : सभामुख

      - ७ वर्ष अगाडि
      श्रावण ४,२०७५

      काठमाडौं, सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउका छन् । 

      जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले शुक्रबार आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताए । 

      संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय हो, अहिले केही कानूनहरु बनिरहेका छन् म आशा गर्छु, सरकारले छिटोभन्दा छिटो अरु विधेयकहरु पनि ल्याउनेछ”, उहाँले भन्नुभयो । संविधान कार्यान्वयनको पहिलो कदमका रुपमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै उहाँले निर्वाचनपछि तीनवटै तहमा सरकार निर्माण गरी संघीय शासन प्रणालीको अभ्यास गरिरहेको उल्लेख गरे  । 

      सभामुख महराले अन्तक्र्रियामा हुने छलफलले ऐन, कानून निर्माण र संसद्भित्र सांसदले खेल्नुपर्ने भूमिकाका बारेमा निचोड निकाल्ने आशा व्यक्त गरे । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d