जेष्ठ ३१,२०८३ / १२ : ३१ पूर्वान्ह / 2026-06-14 12:31 am
      • param ad
      • furniture
      • veera Incorporation

      कम्युनिष्ट सरकारविरुद्ध अर्को कम्युनिष्ट पार्टी, यस्तो आयो मोहन विक्रमको विज्ञप्ति

      - ७ वर्ष अगाडि
      श्रावण ४,२०७५

      काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसीमाथि धरपकड गरेको भन्दै अर्को कम्युनिष्ट पार्टी नेपाल (मसाल) ले आपत्ति प्रकट गरेको छ । 

      मसालका महासचिव मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षासम्बन्धी माग राखेर अनशनरत डा. गोविन्द केसी र उनका समर्थकमाथि बिहीबार जुम्लामा गरिएको धरपकडको निन्दा गरेका हुन् । बलप्रयोगबाट नभई वार्ता र संवादमार्फत समस्याको स्थायी समाधान खोज्न समेत सरकारसँग माग गरिएको छ ।

      डा.केसीको जीवनरक्षासहित उनको न्यायपूर्ण मागहरूलाई स्वीकार नगरेर सरकारले गलत बाटो समातेको मसालको ठहर छ । “डा.केसीको जीवनरक्षा गर्नु अहिलेको अत्यन्त महत्वपूर्ण कार्य हो । तर उनको जीवनरक्षा त्यस प्रकारको जर्बजस्ती कारवाही गरेर होइन, न्यायपूर्ण मागहरूलाई स्वीकारेर गर्नुपर्दथ्यो र पर्दछ पनि ।’’ मसालका महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

      ओली सरकारको सिफारिसमा गत वैशाख १३ गते जारी गरेको अध्यादेशबाट विमुख भई नयाँ विधेयक प्रस्तुत गर्दा अहिलेको परिणाम आएको भन्दै मसालले माथेमा आयोगको प्रतिवेदन र स्वयं आफ्नै सिफारिसमा जारी अध्यादेश अनुरूप विधेयक संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ ।

      मसालले केसीका माग व्यक्तिगत नभएर जनताका भएकाले माथेमा प्रतिवेदनअनुसार यसको समाधान खोज्न सुझाब दिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d