जेष्ठ ३१,२०८३ / १२ : २१ पूर्वान्ह / 2026-06-14 12:21 am
      • param ad
      • furniture
      • veera Incorporation

      केसीको पक्षमा लाग्ने सबै गणतन्त्र विरोधी हुन् : दिनानाथ शर्मा

      - ७ वर्ष अगाडि
      श्रावण ४,२०७५

      काठमाण्डौ,पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाण्डौ ल्याइएको दाबी गरेका छन् । 

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले केसीको अनशनमाथि हस्तक्षेप गरेको नभै जीवन रक्षाका लागि आवश्यक कदम चालिएको बताए । “व्यक्तिको जीवन रक्षा गर्नु राज्यको दायित्व हो । त्यसकारण उहाँलाई नबाँचोस्, जुम्लामा नै अन्त्य होस्, भन्ने चाहनेहरुले जे हर्कत देखाए त्यो निन्दनीय छ ।” शर्माले भने ।

      गाणतन्त्र विरोधी शक्तिहरुले गोविन्द केसीलाई अघि सारेर राजनीतिक गरेको शर्माको आरोप छ ।  अब केसीसँग वार्ता गरेर जायज मागलाई सरकारले सम्बोधन गर्ने शर्माले बताए । 

      “विरामीलाई उपचार नगरेर अनशन बस्दै हिँड्ने एक जना डाक्टरका समस्या वा जायज मागलाई राज्यले सम्बोधन गर्छ ।” शर्माले भने ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d