काठमाडौं, सरकारको कामकाज शैलीप्रति राजपा नेपाल असन्तुष्ट बनेका छन् ।
राजपा आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन प्रधानमन्त्रिले समय उपलब्ध नगराएको भन्दै राजपा असन्तुष्ट बनेका हुन् । आफूहरुको मागप्रति सकारकार गम्भिर नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाले बताउदै आएका छन् । राजपामा पछिल्लो समय सरकारलाई दिएको समर्थनको फिर्ता लिनुपर्ने मतको संख्या बढ्दै गएको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । यसअघि बुधबार प्रधानमन्त्रीसंग भेटका लागि समय माग गरेपनि चासो नदिएकाले राजपा थप असन्तुष्ट बनेका हुन् ।
संविधान संशोधनको सर्तलाई लिएर दिएको समर्थन राजपा पछि आएर उपेक्षामा पर्दै आउको उनीहरुको भनाई छ । सरकारले सुरुवाती समयमा राजपाको माग पुरा गर्ने भन्दै सरकारमा समाबेश गरेको थियो तर पछिल्लो समय राजपा र सरकारविचको दुरी लम्बिदै गएको छ ।
यसअघि राजपाले संविधानको संशोधन,कैलालीको क्षेत्र नं. १ बाट निर्वाचित रेसम चौधरीलाई जेलमुक्त गराई सफत ग्रहण गर्नुपर्ने,मेधेस आन्दोलनमा भउका घाईतेको उपचार गर्नुपर्ने र सहिद परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राख्दै सरकारलाई समर्थन गरेको राजपाको भनाई छ ।








