जेष्ठ ३०,२०८३ / ११ : ५५ अपरान्ह / 2026-06-13 11:55 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ओली सरकारले राम्रो काम गरेन, रेशम चौधरीलाई तत्काल प्रमाणपत्र दिइयोस् : झा

      - ७ वर्ष अगाडि
      श्रावण ३,२०७५

      काठमाण्डौं, राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गलत काम गर्दै अधिनायवादी बन्न खोजेको आरोप लगाएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै झाले सबै क्षेत्रमा सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । देशको अवस्था चिन्ताजनक भएको झाले बताएका छन् । “एकातिर डा. केसीको ज्यान खतरामा छ भने अर्को्तिर सरकारले एकपछि अर्को निर्णय गर्दै सर्वसत्तावादी बन्ने प्रयास गरिरहेको छ । यो राम्रो संकेत होइन ।”

      सरकारले गलत प्रयास गरे पनि त्यो सफल हुने खालको प्रयास नभएको झाले बताए । अघिल्लो सरकारले कानुनबमोजिम गरेका नियुक्ति खारेज गर्नु सरकारको गलत काम भएको झाको तर्क छ । “डाक्टरलाई अस्पतालबाट उठाउने, उपकुलपतिलाई विमानस्थलबाट उठाउनेजस्ता घृणित काम यो सरकारले गरेको छ ।” झाले भने ।

      केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिए पनि अहिले भने त्यसबारे सोच्नुपर्ने बेला आएको झाले बताए । रेशम चौधरीलाई सासंदको प्रमाणपत्रसमेत नदिइएको भन्दै झाले आपत्ति जनाए ।

      “बालकृष्ण ढुङ्गेललाई थुनामुक्त गर्ने सरकारले रेशम चौधरीलाई प्रमाणपत्र किन दिएन ?” उनले प्रश्न गरे । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा केही दिनभित्रमा नै निर्णय गरिने झाले बताए । सरकारको अहिलेको कार्यशैलीका कारण समर्थन फिर्ता लिनुपर्ने स्थिती आएको उनको भनाई छ । रेशम चौधरीको सवालमा कांग्रेस पनि अनुदार भएकाले तत्काल राजपा र कांग्रेस मिल्ने सम्भावना नरहेको झाले बताए ।

      सरकारले गरेका गलत कार्यक्रमको विरोधका लागि भने कांग्रेससँग मिल्न सकिने झाले बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d