जेष्ठ ३०,२०८३ / ११ : ४६ अपरान्ह / 2026-06-13 11:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      डा.केसीको जिम्मेवारी कांग्रेसले लिनुपर्छ : बडाल

      - ७ वर्ष अगाडि
      श्रावण ३,२०७५

      काठमाण्डौं, नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा.गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बडालले केसीको मागका विषयमा छलफल गर्न कार्यदल बनाएको स्मरण गराउँदै केसीको जीवनसँग खेलवाड नगर्ने पक्षमा सरकार रहेको बताए । “राज्यले केसीको जीवन रक्षाको निम्ती गर्नुपर्ने सबै कामहरु अगाडि बढाउने तयारी गरेको छ । तर डा.केसीलाई विभिन्न तत्वहरुले घेरावन्दीमा राखेका छन् । जुन घेराबन्दीबाट उहाँ निस्कनै सक्नुहुन्न ।” बडालले भने ।

      कांग्रेसका नेताहरुले केसीलाई उक्साएर अनशन बसाएको बडालको आरोप छ । “केसीलाई वार्तामा नबस्न उक्साउनेहरुले ने उहाँको जीवनमा केही तलमाथि भए त्यसको जिम्मेवारी लिनुपर्छ । केसीलाई अगाडि सारेर कांग्रेसले आफ्नो अस्तित्व कायम राख्न खोजेको छ ।” बडालले भने ।सरकारले गठन गरेको कार्यदलसँग केसीले वार्ता गर्दिन भन्नु समस्या बढाउनु भएको बडालको जिकिर छ ।

      चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अनशन कायम राख्ने अडानसहित डा. केसी जुम्लामा अनशन बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d