जेष्ठ ३०,२०८३ / ११ : ४५ अपरान्ह / 2026-06-13 11:45 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण ? अब सडक र संसद तात्छ : डाक्टर मिनेन्द्र रिजाल

      - ७ वर्ष अगाडि
      श्रावण २,२०७५

      काठमाण्डौ, नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्वास्थ्य सेवा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्ने मागलाई सरकारले वेवास्ता गरेर ठूलो गल्ती गरेको जिकिर गरेका छन् ।

      नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले चिकित्सा शिक्षा क्षेत्र सुधार गर्न जायज माग राखेर सत्याग्रह गरिरहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि कांग्रेसले सरकारविरुद्ध आन्दोलनसमेत गर्ने चेतावनी दिए । चिकित्सा शिक्षा विधेयकका बारेमा माथेमा आयोगको प्रतिवेदनका आधारमा अघिल्लो सरकाले प्रस्तुत गरेको अध्यायदेश प्रतिस्थापन गरेर नयाँ विधेयक ल्याउनु गलत भएको रिजालको दाबी छ । 

      सत्तापक्षीय दलको व्यापारी नेताहरुको स्वार्थका हितमा अहिलेको सरकारले विधेयक ल्याएकाले त्यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने रिजालले स्पष्ट पारेका छन् । “नेताहरुको स्वार्थ पूरा गर्नका लागि स्वास्थ्य क्षेत्रमाथि नै खेलवाड गर्न खोजिएको छ । चुरोट फ्याक्ट्री चलाउँछु भन्ने सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण गर्न खोज्दैछ ।” रिजालले भने । 

      कांग्रेस अहिलेसम्म सडकमा नजानका लागि धेरै प्रयत्न गरिए पनि सरकारले बाध्य पारेकाले अब आन्दोलन गर्नुको विकल्प नभएको रिजालले बताए । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d