जेष्ठ ३०,२०८३ / ११ : ५३ अपरान्ह / 2026-06-13 11:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, आन्दोलनका लागि पदाधिकारी बैठक

      - ७ वर्ष अगाडि
      श्रावण २,२०७५

      काठमाण्डौ, सरकारविरुद्ध आक्रामक बन्दै गएको नेपाली कांगेसले आन्दोलन कसरी गर्ने भन्ने विषयमा पदाधिकारी बैठक बोलाएको छ । 

      बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बोलाइएको बैठकमा सरकारविरुद्ध घोषित आन्दोलन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । प्रमुख विपक्षी कांग्रेसले साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्नेसहितका सरकार विरुद्धका कार्यक्रमहरु तय गरेको छ ।

      कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ३, ५ र ८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । केन्द्र र प्रदेश सरकारका गतिविधिप्रति असहमति राख्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्व्यन गर्नुपर्ने, डा. गोविन्द केसीका माग सम्वोधन गर्नुपर्ने, निशेधित क्षेत्र तोक्न नहुने लगायतका माग राख्दै कांग्रेसले आन्दोलन घोषणा गरेको हो ।

      सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको, मिडियामाथि अंकुश लगाउने प्रयत्न गरेको साथै संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने जस्ता प्रवृत्ति देखाएको कांग्रेस नेताहरुको आरोप छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d