जेष्ठ ३०,२०८३ / ११ : ४२ अपरान्ह / 2026-06-13 11:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसद्धारा देशव्यापी सडक आन्दोलनको घोषणा

      - ७ वर्ष अगाडि
      श्रावण १,२०७५

      काठमाडौं, प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ । 

      केन्द्र सरकार ,प्रदेश सरकार मनोमानी ढंगले अघि बढेको र अधिनायकबाद उन्मुख देखएिको आरोप लगाउँदे काँग्रेसले देशभर आन्दोलन गर्ने घोषणा गरेको हो । काँग्रेस महामन्त्री शशांक कोईरालाद्धारा जारी गरीएको विज्ञप्तिमा सरकार संविधानको भावन र मर्म अनुसार अगाडी बढ्नुको सट्टा कानुनी शासनको खिल्ली उडाउदै कनोमानी ढंगबाट अगाडी बढेको आरोप लगाईएको छ । चिकित्सा शिक्षा विद्येयक पूववर्ती सरकारको निर्णय उल्टाएको र संविधानको भावना विपरित सभामुख र उपसभामुख एउटै दलको बनाईउको विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन घोषणा गरिएको छ । 

      निर्णयअनुसार ३ गते संघिय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्ने र प्राध्यापक संघ र नेपाल चिकितसक संघ नेतृत्वमा संयुक्त जुलुस प्रदर्शन गर्ने जनाएको छ । त्यसैगरी, ५ गते तरुन दलको नेतृत्वमा राजधानीमा, ८ गते उपत्यका र १५ गते ७७ जिललाकै सदरमुकाममा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको छ ।    

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d