जेष्ठ ३०,२०८३ / ११ : ५२ अपरान्ह / 2026-06-13 11:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      संसदमा प्रतिपक्ष र सत्तापक्षबीच जुहारी, बैठक नै अबरुद्ध

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाण्डौ,  चिकित्सा शिक्षा विधेयकको विरोधमा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् । तर, सत्तारुढ नेकपाका सांसदहरुले भने नियमापत्ति मात्र गरेनन, सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । विरोधका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका सासंदहरुबीच आरोप प्रत्यारोप भएको थियो ।

      सरकारले संसदमा दर्ता गराएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले प्रतिनिधीसभा बैठक अबरुद्ध गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले चिकित्सा शिक्षा विधेयकको विरोध गर्दे उभिएर विरोध जनाएपछि बैठक अबरुद्ध भएको हो । उनीहरुले अनशनरत डाक्टर गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप पनि लगाएका छन् । 

      बैठकमा काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए । विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत जारी गरेको जानकारीसमेत दिए । सरकारले गम्भीर विषयलाई पनि उखान टुक्कामा उडाउने गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । 

      बैठकमा नेकपाका सांसदहरुले भने काग्रेसले संसद्को अवरोध गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । बैठकमा नेकपाका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेश हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने बताए । नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्ष दलसँग समेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको आरोप लगाए । 

      सभामुखको पटक÷पटकको आग्रहपछि पनि काँग्रेसका सांसदहरु उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक स्थगन गरेका हुन् । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पेश गर्ने भएसँगै कांग्रेसका सांसदले त्यसको विरोध गरेका हुन् । १७ दिनदेखि जुम्लाको खलंगामा अनशनरत प्रा डा. गोविन्द केसीका माग सम्बोधनका लागि पेश गर्न लागिएको यो विधेयक सरकारले ४३ ठाउँमा तोडमोड गरेको आरोप लागेको छ । प्रतिनिधीसभाको दोश्रो बैठकमा पनि काग्रेसका सांसदहरुले उक्त बिद्ययेकप्रति उठेर विरोध जनाएपछि सभामुख कृष्ण वहादुर महराले बिहीबार सम्मका लागी बैठक स्थगन गरेका छन् । 

      बैठकमा सरकारको धारणा जानकारी दिन शिक्षा मन्त्रीले समय मागेको भन्दै सभामुख महराले विपक्षी सांसदहरुले बस्न आग्रह गरेका थिए । तर, कांग्रेस सांसदहरुले अस्वीकार गरे । दोस्रो बैठकमा काग्रेसका सचेतक पुष्पा भूषालले  सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिइन् । डा केसी काँग्रेसलाई भोट हालेको मान्छे भनेर कुरा उठ्नु दुःखद् भएको भुसालले बताइन् । 

      सभामुखको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभेर विरोध गरिरहेपछि सभामुख महराले संसद् बैठक स्थगनको घोषणा गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d