जेष्ठ ३०,२०८३ / ११ : ५१ अपरान्ह / 2026-06-13 11:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      २ वर्षभित्रमा पानी जहाज ल्याएर नारायणीमा चलाउने हो : परराष्ट्रमन्त्री ज्ञवाली

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाण्डौ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने दाबी गरेका छन् । 

      सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माणको एमओयुको ड्राफ्ट तयार भएको जानकारी दिए । अहिले परामर्श र प्रतिक्रिया लिने काम भैरहेको ज्ञवालीले जानकारी दिए । उनले दुईपक्षिय छलफल पछि छिटै उक्त सम्झौतामा हस्ताक्षर हुने बताएका छन् । त्यस्तै भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनमा नारायणी नदीमा ‘इन ल्याण्ड वाटर वे’ निर्माण हुन सक्ने देखिएको जानकारी दिदै ज्ञवालीले २ वर्षभित्रमा तीन सय मेट्रिकटन क्षमताको जहाज नेपाल आउन सक्ने धारणा राखे । 

      सबै काम सही ढंगले अगाडि बढे ३ सय मेट्रिकटन क्षमताको जहाज गण्डक ब्यारेजसम्म आउने र यसमा प्राविधिक सहयोग भारतले गर्ने ज्ञवालीले बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ‘इन ल्याण्ड वाटर वे’ निर्माणको सम्झौता भएको थियो । मन्त्री ज्ञवालीले भारत र चीन भ्रमणका बेला भएको सहमति र सम्झौताको कार्यान्वयनका लागी सरकार गम्भीर भएर अघि बढेको जानकारी पनि दिए ।

      त्यस्तै उनले मन्त्रीपरिषद्बाट राजदूतको नियुक्ति सम्बन्धि निर्देशिका २०७५ स्वीकृति गरको जानकारी दिएका छन् ।नयाँ निर्देशिका अनुसार अब राजदूतहरुको वर्गीकरण नहुने मन्त्री ज्ञवालीले बताए । उनले नियुक्तीको प्रक्रियामा कुनै पनि देशको पिआर नलिएको, भ्रष्टाचारको आरोप नलागेको, नियुक्त भई जाने मुलुकमा सम्पादन गर्ने कामका बारेमा जानकारी हुने व्यक्ति मात्र राजदूतको सिफारिसमा पर्ने जानकारी दिए । मन्त्रीपरिषद् बैठकले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको ज्ञवालीले जानकारी दिएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d