जेष्ठ ३०,२०८३ / ११ : ३८ अपरान्ह / 2026-06-13 11:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जनप्रतिनिधिको फैसला सबैले मान्नु पर्छ : उपप्रधान तथा रक्षामन्त्री

      - ७ वर्ष अगाडि
      असार ३१,२०७५

      काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् । 

      काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आईतबार उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताए । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “डा गोविन्द केसी अनशन बस्नुभएको छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका मुद्दा ठीकै होला, ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।” 

      उनले विरोध गरेर समय बर्बाद पार्नभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने बताए । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “लोकतन्त्र आइसकेपछि विरोध गर्नुपर्ने मुद्दा केही छैन, विरोधका लागि विरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन, मुलुकको निर्माण र समृद्धिका लागि यो वा त्यो पार्टी भन्न मिल्दैन, गल्ली गरेमा प्रतिपक्षले मात्र होइन आफ्नै साथीलाई पनि भन्नुपर्ने हुन्छ ।” 

      उनले संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले काठमाडौँ जिल्लामा अनियन्त्रित रुपमा भइरहेको निर्माण कार्यलाई नियन्त्रण तथा नियमन गर्न र अव्यवस्थित बसोबासलाई रोक्न जिल्ला समन्वयन समितिले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

      उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “अव्यवस्थित रुपमा बस्ती निर्माणका काम भइरहेका छन्, त्यसको नियन्त्रण गर्न जरुरी छ, त्यसलाई रोक्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मा समन्वय समितिले लिनुपर्छ ।” 

      जिल्ला समन्वय समितिले जिल्लाको प्रशासन, सुरक्षा निकाय, विकास निर्माणलगायतका सबै काममा समन्वय गरेरमात्र काम गर्न आग्रह गरे । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d