जेष्ठ ३०,२०८३ / ११ : २४ अपरान्ह / 2026-06-13 11:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको मेडिकल संचालकको आरोप

      - ७ वर्ष अगाडि
      असार ३१,२०७५

      काठमाण्डौ, प्रदेश नम्बर तीनका सासंद डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीका माग पूरा गर्न कुनै समस्या नरहेको बताएका छन् । 

      प्रस्तावित मनमोहन मेडिकल कलेजका संस्थापक सदस्यसमेत रहेका अधिकारीले केसीका कतिपय माग सरकारको नीति तथा कार्यक्रमले पनि पूरा गरिसकेको बताए । पूरा भइसकेको मागलाई पनि पुनः अघि सारेर केसीले अप्ठ्यारो स्थिती सृजना गरेको अधिकारीको आरोप छ । 

      अनशन बसेको भरमा सबै माग पूरा हुन नसक्ने भन्दै अधिकारीले भने, “यो देशलाई अहिले नै स्वर्ग बनाइयोस् भनेर अनशन बस्यो भने के गर्ने ? सम्भव हुने हो कि नहुने हो भन्ने नबुझिकन अनशन बसेर हुन्छ ?” “१९ वटा मेडिकल कलेज खुलिन्जेल डा. केसी चुप लागेर बसे । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुले १९ वटा कलेज खोलुन्जेल अनशन बसिएन । जब मनमोहन कलेजले सम्बन्धन पाउनुपर्ने अवस्था आयो, तब अनशन सुरु भयो ।” अधिकारीले भने ।

      डा. केसीले काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई मान्यता दिन हुँदैन भनेर ढिपी गर्नु राजनीतिक पूर्वाग्रह भएको अधिकारीले दाबी गरे । डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको अधिकारीको आरोप छ । 

      “डा. गोविन्द केसी नेपाली कांग्रेसको कार्यकर्ता हो । किनभने गगन थापाको चुनावमा प्रचारका लागि भिडियो बनाएर हिँड्ने मान्छे कुन पार्टीको हुन्छ ? गगन थापाको चुनावमा प्रचार गर्ने मान्छे साझा व्यक्ति हुन सक्दैन ।” अधिकारीले भने ।

      उनले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको बताएका छन् ।

      माथेमा आयोगले दिएका सुझाब अहिलेको अवस्थामा लागु हुन नसक्ने अधिकारीको भनाई छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d