जेष्ठ ३०,२०८३ / ११ : २० अपरान्ह / 2026-06-13 11:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ अध्यक्ष पुष्पकमल दाहाल

      - ७ वर्ष अगाडि
      असार २८,२०७५

      काठमान्डौ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । 

      आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभयो । 

      मुद्दाको अर्को पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उहाँले भन्नुभयो, “योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।” 

      फरक प्रसंगमा उहाँले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भन्नुभयो, “एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।” प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उहाँले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको बताउनुभयो । 

      अर्को एक प्रसंगमा उहाँले डा गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा केसीलाई काठमाडौँमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताउनुभयो । 

      केसीका हुबहु माग सम्बोधन हुन नसक्ने भन्दै उहाँले अन्तिम फैसला गर्ने अधिकार संसद्लाई भएको बताउनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d