काठमाडौं, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।
उपसभापति निधिले विहिबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेशन्सका एसिया अष्टे«लिया निर्देशक फिलिप गोन्जालेजसँग भएको भेटमा प्रदेशको पूर्वाधार विकासमा जोड दिएका हुन् । उपसभापतिले पर्याप्त साधन स्रोतबिना प्रदेश सरकारलाई काम गर्न कठिनाइ हुने उल्लेख गर्दै प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने विचार व्यक्त गरे ।
सो अवसरमा निर्देशक गोन्जालेजले नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेसन्सले गरेका कामबारे चर्चा गर्दै प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तीकरणमा जोड दिनुपर्ने गरे ।
सुशासनका क्षेत्रमा कार्यरत फोरम अफ फेडेरेशन्सका अन्तराष्ट्रिय संस्थामा क्यानाडा, अष्ट्रेलिया,जर्मनी, स्वीट्जरल्याण्डलगायतका १० राष्ट्रहरु आबद्ध छन् ।








