जेष्ठ ३०,२०८३ / १० : ४६ अपरान्ह / 2026-06-13 10:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेपाल र चीनबीचको परामर्श बैठक सम्पन्न

      - ७ वर्ष अगाडि
      असार २८,२०७५

      काठमाडौं, नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । 

      बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्वको यातायात मन्त्रालयका उपसचिव लियु सियाओमिङले गरेका हुन् । नेपाली प्रतिनिधिमण्डलमा उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीहरु सम्मिलित रहेका थिए । 

      चिनियाँ प्रतिनिधिमण्डलमा चीनको यातायात मन्त्रालय, वैदेशिक मामिला मन्त्रालय, सार्वजनिक सुरक्षा मन्त्रालय, जलयातायात ब्यूरो, भन्सार प्रशासन र राष्ट्रिय रेलमार्ग प्रशासनका अधिकारीहरुको पनि सामेल रहेको थियो । सकेसम्म चाँडो उक्त प्रोटोकलको मस्यौदालाई अन्तिम रुप दिने विषयमा दुई पक्षबीच मैत्री र सौहार्दपूर्ण वातावारणमा रचनात्मक छलफल भएको र तेस्रो परामर्श बैठक शीघ्र काठमाडौँ गर्ने सहमति बनेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । 

      बैठकअघि नेपाली प्रतिनिधिमण्डललाई तियानजिन बन्दरगाहको भ्रमण गराइएको थियो त्यहाँका अधिकारीहरुले नेपाली टोलीलाई बन्दरगाह संरचनाबारे जानकारी दिएका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d