काठमाडौं, प्रधानमन्त्रि केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा सचिवहरुसंग छलफल गरेका छन् ।
प्रधानमन्त्रि तथा मन्त्रि परिषदको कार्यालय सिंह दरवारम बुधबार मन्त्रि तथा सचिवहरुलाइृ संयुक्त रुपमा बोलाएर प्रधानमन्त्रिले समृद्धि र विकासको आधार तयार हुनेगरी प्रभावकारी सेवा दिन निर्देशन दिएका हुन् । गत असार २५ गते प्रधानमन्त्रि ओलीले मनित्र तथा सचिवहरुको संयुक्त बैठक बोलाएर आगामी साउन १ गतेदखी नै बजेट पूर्णरुपले कार्यान्वयन हुनेगरी लिखित कार्ययोजना प्रस्तुत् निर्देशन दिएका थिए ।
प्रधानमनित्रले सोही निर्देशनको आधारमा मन्त्रि र सचिवहरुले बैठकमा बजेट प्रभावकारी कार्यान्वयनका लागि आफूले बनाउका योजन प्रस्तुत गरेका थिए ।
बैठकमा उपप्रधानमन्त्रि,मन्त्रि तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सवै मन्त्रालयका सचिवहरको सहभागीता रहेको थियो ।








