काठमाडौं, सत्तानरुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ ।
कार्यदलले स्थानयि समितिको सुझावसहित परिमार्जन गरेको नियमावली बुधबार विहान बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्रि विकास वालुवाटारमा बसेको बैठकले नियमावली अनुसारसबै पार्टी कमिटि र जनवर्गीय संगठनहरुको एकिकरण आवधिक कार्ययोजना बनाउन तत्काल सचिवालयको अर्को बैठक समेत बोलाउने निर्णण गरेको छ ।
पार्टीका सवै कमिटि र जनवर्गिय संगठनहरुको एकिकरणको कामलाई तिब्रता दिने गरी नियमावलीमा आधारीत रहेर आवधिक कार्ययोजना तत्काल बनाउने निर्णय पनि गरेको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । पार्टीका बरिष्ठ नेता बामदेव गौतम,रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल रहेको कार्यदलले तयार पारेको नियमावली तत्काल प्रकाशन गरी सवै पाटी कमिटिहरुमा पठाउने निर्णय सचिवालयको बैठकले गरेको छ ।
नियमावलीमा दुई पार्टीको जनवर्गिय संगठनहरुको एकिकरण गर्दा एकलाई अध्यक्ष र अर्को संगठनलाई सचिव दिने गरी एकिकरण गर्ने व्यवस्था गरीएको छ । त्यसैगरी प्रदेश संगठनको हकमा संयोजक र सचिव मात्रै पदाधिकार िरहने व्यवस्था गरीएको छ ।








