काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै यसले आफुलाई बिचलित नगर्ने स्पष्ट पारेका छन् ।
मंगलबार काठमाडौ्रंमा नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उद्घाटन गर्दे प्रधानमन्त्री ओली राष्ट्रनिर्माणको अभियानमा आफु अघि बढेको बताए । कसैले सरकारमाथि आक्रमण गर्दैमा आफु बिचलित नहुने ओलीले बताए । सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा केन्द्रित रहेको जिकिर गर्दै आफुले बिकासका कुरा गर्दा केहिलाई असहज भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि आफु प्रतिवद्ध भएर अघि बढ्ने स्पष्ट पारेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा झोलुङ्गे पुल वा त्यो नभए केवलकार राखेर भए पनि तुइन ईराको अन्त्य गरेरै छाड्ने प्रतिवद्धता समेत जनाएका छन् । उनले केहि प्राज्ञिक वर्ग राजनीतिक आस्थाको कैदी भएर राष्ट्रको उद्धेश्यको बाधक बनेको आरोप लगाए । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको सस्कृतिलाई आत्मसाथ गर्दै नेपाल भारत चीनसँगको सम्बन्ध बिस्तार गर्दै प्राज्ञिक महत्वका बिषयका कार्यक्रम गर्ने बताए ।
पुस्तकालय भवन निर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई चार करोड ३९ लाख ४० हजार रुपैयाँ सहयोग गरेको थियो । नवनिर्मित पुस्तकालयबाट नेपाल र भारत प्राज्ञिक समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सन्दर्भ सामाग्रीसहितका अनुसन्धान सामाग्रीहरु उपलब्ध गराउने बताइएको छ । पुस्तकालयमा पुस्तक प्रकाशनका लागि आधुनिक अफसेट प्रेससमेत राखिएको छ । पुस्तकालयलाई डिजिटल पुस्तकालयका रुपमा अगाडि बढाउने लक्ष्य प्रतिष्ठानले लिएको छ ।








